काठमाडौँ, ३ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने बताएका छन् ।
आज आगन्तुकहरूलाई पार्टीमा भित्र्याउँदै शर्माले देशभर कांग्रेसका पक्षमा माहौल बढ्दै गएको दाबी गर्दै एक हप्ताभित्रै कांग्रेस बहुमत ल्याउने ठाउँमा पुग्ने बताएका हुन् ।
उनले भने, ‘यही गतिमा जनमत बढ्दै जाँदा आगामी एक हप्ताभित्र कांग्रेसले बहुमत ल्याउने तहमा पुग्छ ।’ ‘परिवर्तन खोजेको हो भने परिवर्तन नै भएको आएको कांग्रेस हो’, ।
कांग्रेस बदलिएपछि पार्टीमा समाहित हुनेको संख्या वृद्धि भइरहेको उनको दाबी छ । उनले भने, ‘कसैले आफैँलाई बदल्न सक्दैन् तर, देश बदल्छु भन्छ भने त्यस्लाई पनि सुनौँला’, ‘तर जो आफूलाई बदल्नसक्छ, त्यसले नै देश बदल्छ भन्ने मान्यताबमोजिम नेपाली कांग्रेस अहिले जनताको विश्वास जित्नेगरी अघि बढेको छ ।’









प्रतिक्रिया दिनुहोस्