काठमाडौँ, ४ फागुन । महाशिवरात्रीका दिन आइतबार छ लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् ।
आइतबार बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको थियो । मध्यरातसम्म दर्शन गर्नेको घुइँचो उस्तै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषका अनुसार राति ९ बजेसम्म कम्तीमा छ लाख बढीले दर्शन गरेका छन् । दर्शनार्थीको सङ्ख्या अझै बढ्ने देखिन्छ ।
यस वर्ष कम्तीमा आठ लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिलाई सिसी क्यामरा तथा ड्रोनका माध्यमबाट निगरानी गरिएको छ । अवाञ्छित गतिविधि निगरानीका लागि सुरक्षाकर्मीसहितको छुट्टै टोली परिचालन गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्