काठमाडौँ, ५ फागुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ ।
विभागले गरेको स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि ललितपुर महानगरपालिका १५ मा रहेको घिमिरे स्टोरलाई रु ११ हजार जरिवाना गरेको छ । न्यू म्याक्स स्टोर भक्तपुर सल्लाघारीलाई रु पाँच हजार जरिवाना गरेको छ ।
हिमालयन डेरी प्रोडक्सन र युसा डेरीलाई भने व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले अन्य नौ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।









प्रतिक्रिया दिनुहोस्