काठमाडौँ, ५ फागुन । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागार तोडेर फरार भएका एक कैदी बारामा पुनः चोरी गर्दागर्दै रङ्गेहात पक्राउ परेका छन् ।
बाराको प्रसौनी गाउँपालिका वडा नं. १ बस्ने २६ वर्षीय विशाल मुखियालाई इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले फागुन ४ गते पक्राउ गरेको हो ।
मुखिया प्रसौनीस्थित विश्वकर्मा मेटल इन्डस्ट्रिजबाट तामाको तार चोरी गरिरहेको अवस्थामा फेला परेका थिए । पक्राउ परेका मुखिया यसअघि नै गम्भीर अपराधमा सजाय काटिरहेका व्यक्ति हुन् ।
उनलाई मकवानपुर जिल्ला अदालतले किर्ते र डाका मुद्दामा ५ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।









प्रतिक्रिया दिनुहोस्