काठमाडौँ, ५ फागुन । मकवानपुरको हेटौँडामा शङ्कास्पद बस्तु फेला परेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आज आह्वान गरेको नेपाल बन्द घोषणासंगै हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१६ स्थित चिसापानीमा खतरा लेखिएको शङ्कास्पद बस्तु फेला परेको हो ।
उक्त फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । बिहान करिब ५ः१५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरी मोबाइल मोटरसाइकल गस्ती टोलीले धरान–चतरा सडकखण्डको बिच भागमा एउटा शङ्कास्पद वस्तु फेला पारेको थियो । सेतो कपडाले बेरिएको उक्त वस्तुको बाहिरपट्टि ‘खतरा’ लेखिएको थियो ।
सडकको बिचमै शङ्कास्पद वस्तु देखिएपछि केही बेर उक्त सडकखण्डमा सवारी आवागमनमा समेत अवरोध पुगेको थियो । प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित राख्दै डिस्पोजका लागि नेपाली सेनासँग समन्वय गरेको थियो । नेपाली सेनाले बिहान ८:१० बजे उक्त शङ्कास्पद वस्तुलाई सुरक्षित रूपमा डिस्पोज गरेको हो ।









प्रतिक्रिया दिनुहोस्