काठमाडौँ, ५ फागुन । सर्लाहीमा कार्यरत प्राविधिक कर्मचारीमाथि भएको गोली प्रहारको घटनालाई लिएर नेपाल इन्जिनियर्स एशोसिएसनले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
एशोसिएसनले आज गृह मन्त्रालय पुगेर गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र कार्यस्थलमा इन्जिनियरहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेको हो।
सार्वजनिक विकास निर्माणका काममा खटिने प्राविधिकहरूमाथि नै असुरक्षा बढेको भन्दै एशोसिएसनले यस्ता घटना रोक्न ठोस कदम चाल्न सरकारलाई दबाब दिएको छ। ज्ञापनपत्र बुझाउने क्रममा एशोसिएसनका केन्द्रीय सदस्य इन्जिनियर विक्रम कुमार दासले इन्जिनियर र प्राविधिक कर्मचारीको सुरक्षाको विषय राज्यले नजरअन्दाज गर्न नहुने बताए।
उनले पेशागत सुरक्षाको प्रत्याभूति नभएसम्म कामकाज गर्न कठिन हुने भन्दै सरकारले तत्काल प्रभावकारी कदम नचाले देशभरका इन्जिनियरहरू आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्