दाङ, ६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नं. २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले एमाले उम्मेदवार शंकर पोखरेललाई सघाउने भएको छ ।
प्रलोपा र एमालेबीच भएको सम्झौता अनुसार दाङमा एमाले उम्मेदवारलाई सघाउने निर्णय भएको प्रलोपाका जिल्ला संयोजक घनश्याम डाँगीले बताए । दाङका सबै क्षेत्रमा एमाले उम्मेदवारलाई मतदान गर्ने निर्णय भएको उनले बताए । दाङ–२ मा प्रलोपाबाट प्रतिक अधिकारी उम्मेदवार थिए । हाल प्रलोपाका उम्मेदवार निष्क्रिय गरी गरी एमाले उम्मेदवारलाई सघाउने निर्णय भएको उनले बताए ।
प्रलोपाबाट दाङ–३ मा घनश्याम डाँगी उम्मेदवार रहेकामा यसअघि नै एमाले उम्मेदवार घनश्याम पाण्डेलाई सघाउने निर्णय गर्दै डाँगीको उम्मेदवारी निष्क्रिय गरिएको थियो । दाङ–१ मा प्रलोपाको उम्मेदवारी नै परेको थिएन ।









प्रतिक्रिया दिनुहोस्