काभ्रे, ६ फागुन । काभ्रेको बनेपामा बुधबार टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धुलिखेल नगरपालिका–८ घर भएर बनेपा बस्ने ३१ वर्षीय ओभन प्रधान छन् । दुर्घटनापछि स्थानीयले बागमती प्रदेश–०१–००४ क ३४२३ नम्बरको टिपरमा आगजनी गरेका छन् । सो टिपरले बागमती प्रदेश–०२९–०६३ प १९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । टिपरले बनेपाबाट साँगातिर जाँदै गरेका स्कुटरलाई ठक्कर दिएको हो ।
सूर्यबिनायक-बनेपा सडक खण्डको बाटो निर्माणमा प्रयोग गरिएको टिपरले स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रबिन विष्टले बताए । दुर्घटनापछि स्थानीयले सड्क अवरुद्ध गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्