काठमाडौँ, ६ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अबका दिनमा नेपाली नागरिकलाई दुखेको दुखाइको एमआरआई गर्ने बताएका छन् ।
जनकपुरधाममा आज आयोजित ‘प्रतिज्ञासभा’लाई सम्बोधन गर्दै शर्माले भने, “मधेस, पहाडलाई कहाँ–कहाँ दुखेको छ ? क–कसलाई कस्तो पीडा परेको छ ? नेपाली कांग्रेस विशेष महाधिवेशनबाट एमआरआई गरेर समाधानको संकल्पसहित कांग्रेस मधेस आएको छ ।”
आग्रह र पूर्वाग्रहबाट माथि उठेर देशका लागि सुशासन स्थापित गर्ने साझा संकल्पसहित अगाडि बढ्न उनले आग्रह गरे । कांग्रेस मध्यमार्गी सोच राखेर अघि बढेको उनको भनाइ छ ।
“भदौ २४ अगाडि सबै ठीकठाक भए जेनजी विद्रोह हुँदैनथ्यो,” शर्माले भने । सबै दल, पुस्तालाई साझा सोचको विकास गर्न उनले आग्रह समेत गरे ।
18 February 2026 18:41 PM









प्रतिक्रिया दिनुहोस्