समाचार

युवतीलाई आतंकित पार्ने र दुर्व्यहार गर्ने युवक पक्राउ



काठमाडौँ, ७ माघ । कजेल पढ्ने युवती पछ्याउँदै आतंकित पार्ने र दुर्व्यहार गर्ने युवक पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बाजुराको बडिमालिका नगरपालिका–३ घर भइ काठमाडौँ–१४ सुनारगाउँ बस्ने २५ वर्षीय गोपाल खड्कालाई पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका अनुसार ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको हो । उनले कुलेश्वर कालिमाटी क्षेत्रमा बिहान कलेज पढ्न हिँडेका युवतीलाई पछ्याउँदै अश्लिल क्रियाकलाप गर्दै दुर्व्यवहार गर्ने पाइएको प्रहरीले बताएको छ ।

कलेज पढ्न एक युवतीले आफूमाथि यस्तै दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी समेत दिइएकी थिइन् । त्यसपछि प्रहरीले कालिमाटी कुलेश्वर एरियाका सीसीक्यामेरा फुटेजमार्फत उक्त हर्कत गरेको भिडियो नै प्राप्त गरेको थियो । सोही भिडियोको आधारमा व्यक्ति पहिचान गरेर प्रहरीले बिहीबार खड्कालाई पक्राउ गरेको हो ।

यसअघि काठमाडौँ उपत्यकामै चल्ने यात्रुबहाक बसमा यस्तै हर्कत गरेको आरोपमा एक युवक पक्राउ परेका थिए ।