काठमाडौँ, ७ माघ । जुम्लामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् भने घाइते मध्ये २ को अवस्था गम्भीर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
आज मध्यान्ह १२ बजेको समयमा तातोपानी गाउँपालिका–६ धौलापानीमा जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते भएकाहरूलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै निर्वाचन क्षेत्र सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल नेपालको मोबाइल टोलीले निर्वाचन प्रहरी समेतको सहयोगमा घाइतेहरूको उद्धार गरेको हो ।









प्रतिक्रिया दिनुहोस्