राजनीति

झण्डा जलाएर आस्थामा चोट पुर्‍याउने अपराधी हुन् : महासचिव पोखरेल



काठमाडौँ, ८ फागुन । एमाले महासचिव शंकर पोखरेलले रास्वपा कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएकोमा आक्रोस ब्यक्त गर्दै अराजकता र उदण्डता कुनै नयाँपन नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा महासचिव पोखरेलले झण्डा जलाएर आस्थामा चोट पुर्‍याउनेलाई जनताले चिन्नुपर्ने उल्लेख गरेका छन् । बिहीबार राति सभापति रवि लामिछानेको पर्खाइमा रहेका रास्वपाका कार्यकर्ता र समर्थकले एमालेको सूर्य चिन्ह अंकित झण्डा जलाएका थिए । रास्वपाले भने घुसपैठ भएको जिकिर गरेको छ ।

उनले आज आफ्नो सामाजिक संजालमा भनेका छन्, ‘अराजकता र उदण्डता कुनै नयाँपन होइनन्, ती अपराध हुन् । झण्डा जलाएर अरूको आस्थामा चोट पुर्‍याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन् ।’