काठमाडौँ, ८ फागुन । सुनको मूल्य आज स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनकै कायम रहेको महासंघले जनाएको छ । त्यस्तै, सुन प्रतिदस ग्राम २ लाख ६१ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँ रहेको थियो। प्रतिदस ग्राम चाँदीको मूल्य ४ हजार ३ सय ३० रुपैयाँ तोकिएको छ ।










प्रतिक्रिया दिनुहोस्