समाचार

एक महिला मृत फेला



रामेछाप, ८ फागुन । सिन्धुलीको कमलामाई नगरपालिका–५ की ६० वर्षीया सिता कार्कीको मृत्यु भएको छ ।

कार्की कमलामाई–६ रातामाटेस्थित रामेश्वर धाममा सञ्चालन भइरहेको सप्ताह पुराणमा सहभागी हुन घरबाट बिहान निस्किएकी थिइन् । बिहीबार साँझसम्म घर नफर्किएपछि खोजतलास सुरु गरिएको थियो । खोजीका क्रममा उनलाई घरदेखि केही दूरीमा रहेको जङ्गलमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी छ । शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ भने घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ ।