काठमाडौँ, ८ फागुन । सर्वोच्च अदालतले मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश गरेको छ ।
दुर्गा प्रसाईंको हकमा उमा प्रसाईंले बन्दीप्रत्यक्षीकरण रिटमा शुक्रबार बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अदालतमा उपस्थित गराउन आदेश दिएको हो । साथै प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न पनि सरकारका नाममा आदेश जारी भएको छ ।
प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंकामा प्रहरीले उनलाई पटकपटक पक्राउ गर्दै आएको छ ।










प्रतिक्रिया दिनुहोस्