समाचार

जिप दुर्घटनामा परी एक जनाको मृत्यु



बैतडी, ९ फागुन । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

जिल्लाको शिवनाथ गाउापालिका–३ बछलादेखि पचरबेउ जाने क्रममा शुक्रबार राति ११ बजेतिर सुप ०४/००१ ज ००६९ नम्बरको जिप दुर्घटनामा परेको थियो । 

दुर्घटनामा जिप चालक सोही गाउँपालिका–२ पचरबेउ बस्ने २६ वर्षीय केशव सिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । जिप कच्ची सडकबाट अनियन्त्रित भएर खसेको हुन सक्ने प्रहरीले जनाएको छ ।