नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँका नाममा समाजलाई गलत दिशातिर डोर्याउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडियो सन्देश जारी महासचिव पोखरेलले भिडियोमा रास्वपाको संकेत गर्दै रास्वपाको प्रयास असफल हुन नदिन निर्वाचनमा सहभागी हुनुपर्नेमा पनि जोड दिएका छन् ।
‘आज मुलुकलाई विध्वंसको बाटोमा लैजान खोज्नेहरू, भू–राजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन खोज्नेहरू, नयाँका नाममा समाजलाई गलत दिशातर्फ डोर्याउने कोसिस गरिरहेका छन्,’ उनले भनेका छन्, ‘यस्तो अवस्थामा हामीले राष्ट्रको सुरक्षा, संविधानको रक्षा, लोकतन्त्रको जीवन्तता र जनतालाई अधिकार सम्पन्न बनाउने उद्देश्यका साथ हामी निर्वाचनमा सहभागी हुनुपर्दछ ।’
पोखरेलले ज्ञापन पत्र बुझ्ने र बुझाउन जाने जनप्रतिनिधि नभएर जनताका माग सम्बोधनका लागि आफैं निर्णयक तहमा पुगेर दाङको विकास र समृद्धिको आगुवाई गर्न सक्ने जनप्रतिनिधिका रूपमा आफूलाई निर्वाचन गराउन पनि आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्