समाचार

५० बोरा सुपारीसहित एक जना पक्राउ



काठमाडौँ, ९ फागुन । प्रहरीले बिल–बिजकबिनाको भन्सार छलीको ५० बोरा सुपारीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

नागार्जुन नगरपालिका–४ सीतापाइलास्थित सडक खण्डमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गल्छी गाउँपालिका-२, धादिङ बस्ने वर्ष २२ का रामशरण बिसुन्केले चलाएको  बा.प्र. ०२-०२५ च ०३९७ नम्बरको गाडीबाट ५० बोरा सुपारी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।

बरामद सामान र सम्बन्धित व्यक्तिलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको एसएसपी थापाले जानकारी दिए ।