काठमाडाैँ, ९ फागुन । बुढानिलकण्ठ नगरपालिकाको वडा नं.१० मा पातञ्जल योग समिति नेपाल, प्रगति टोल योग साधना केन्द्र स्थापना गरिएको छ ।
शनिवार पातञ्जल योग समिति नेपालका राष्ट्रिय अध्यक्ष सुदर्शन सुवेदीद्धारा दिपप्रज्जवल गर्दै उदघाटन गरिएको सो केन्द्र व्यवस्थापनको लागि विनिता पाण्डेको अध्यक्षतामा ७ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको पातञ्जल योग समिति नेपालका महासचिव एवं संगठन विभाग प्रमुख नबराज काफ्लेले जानकारी गराए । महासचिव काफ्लेका अनुसार उपाध्यक्ष मञ्जु गौतम, सचिव सविता वस्नेत, कोषाध्यक्ष सर्मिला भण्डारी, सदस्यहरु कृष्ण कुमारी, मिना घिमिरे र सविता भण्डारी सर्वसम्मत चयन भएका छन् ।
पातञ्जल योग समिति नेपाल प्राज्ञ परिषदका अध्यक्ष रामनाथ अधिकारीको विशेष पहलमा सञ्चालनमा ल्याईएको सो साधना केन्द्र उद्धघाटन कार्यक्रममा पातञ्जल योग समिति नेपाल योग प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष डा. प्रकाश पाण्डे,उपाध्यक्षद्धय योग प्रसाद आचार्य एवं उषा(स्नेहा) गिरी, केन्द्रीय सदस्य एवं सुचना सञ्चार तथा प्रकाशन विभाग अध्यक्ष युक्त गिरी, वागमती प्रदेश उपाध्यक्ष तिर्थरत्न कोनाजु लगायत स्थानीय बुद्धिजीवि, समाजसेवी, योग साधक साधिकाहरुको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्