काठमाडौँ, १० फागुन । प्युठान नगरपालिका–८ तालस्थित सडकमा एम्बुलेसन्स र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
बिजुवारबाट नौबहिनीतर्फ गइरहेको रा १ झ २३६ नम्बरको एम्बुलेन्स र लु ३७ प ७०२४ को नम्बरको मोटरसाइकल शनिबार दिउँसो ठोक्किएका हुन् । उक्त दुर्घटनामा मोटरसाइकल चालक नौबहिनी गाउँपालिका– १ स्याउलिवाङका २१ वर्षीय कुशल गौचन थकालीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते उनको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, मोटरसाइकलमा सवार अर्का एकजनाको सोही अस्पतालमा उपचार भइहेको छ । एम्बुलेन्स प्रहरी नियन्त्रणमा छ ।










प्रतिक्रिया दिनुहोस्