काठमाडौँ, १० फागुन । काठमाडौँ–३२ पेप्सीकोलानजिक सडकमा बसबाट खस्दा ६५ वर्षीया वृद्धाको मृत्यु भएको छ ।
आज जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ४ ख ५७४७ नम्बरको बसबाट खसेर दोलखा, चरीकोटकी रामकुमारी भुजेलको मृत्यु भएको हो ।
दुर्घटनामा परेकी उनको अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । बसचालकलाई नियन्त्रण लिएको प्रहरीले जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्