एजेन्सी, ११ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थितस्थित घरमा छिर्ने प्रयास गर्दा एक व्यक्तिको गोली हानी हत्या गरिएको छ । यद्यपि, घटनाको समयमा डोनाल्ड ट्रम्प घरमा थिएनन् ।
उक्त व्यक्तिलाई उत्तरी गेटनजिकै देखिएको अधिकारीहरूले बताएका छन् । उनले बन्दुक र इन्धनको क्यानजस्तो देखिने सामग्री बोकेका थिए ।
मारिएका युवक २० वर्षका छन् । मृतकको पहिचान अझै खुलाइएको छैन । राष्ट्रपति ट्रम्पको सार्वजनिक तालिका अनुसार, उनी यस सप्ताहन्तमा ह्वाइट हाउसमै बस्नेछन् ।
अर्थमन्त्री स्कट बेसेन्टले फक्स न्यूजलाई बताएअनुसार उनले राष्ट्रपति ट्रम्पसँग कुरा गरेका छन् । ट्रम्प र उनको परिवार सुरक्षित छ । तर, उनले यस्ता आक्रमणहरू दोहोरिन नहुने बताएका छन् ।
“राष्ट्रपति वरिपरिको सुरक्षा परिधि पहिलेभन्दा बलियो । २०२४ मा पेन्सिलभेनियाको बटलरमा भएको हत्या प्रयासको समयमा भन्दा अहिले गोप्य सेवा राम्रोसँग सुसज्जित छ,” उनले भने । बीबीसी










प्रतिक्रिया दिनुहोस्