समाचार

हुम्लामा एक किशोरी मृत फेला



काठमाडौँ, ११ फागुन । हुम्लाको सिमकोट गाउँपालिका-७ डाडाँफायाँमा एक जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आइतबार राति ११ बजे आफ्नै घरमा १७ वर्षीया निशा सुनार झुन्डिएको अवस्थामा मृत फेला परेको हो ।

प्रहरी निरीक्षक जंगबहादुर सिंहको नेतृत्वको टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको छ ।