अर्थ

अकबरे खुर्सानीको मूल्य बढ्यो



काठमाडौँ, ११ फागुन । बजारमा अकबरे खुर्सानी (हरियो) को मूल्य बढेको छ । डेढ महिनामा थोक बजारमै अकबरे खुर्सानीको भाउ ५४.५५ प्रतिशतले बढेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार १ माघमा अकबरे खुर्सानी प्रतिकिलो थोकमा औसत ५ सय ५० रुपैयाँमा किनबेच भएको थियो । अहिले ११ फागुनमा आइपुग्दा उक्त खुर्सानीको मूल्य प्रतिकिलो थोकमा औसत ३ सय रुपैयाँले बढेर ८ सय ५० रुपैयाँ कायम छ ।

यस्तै आज उक्त खुर्सानीको अधिकतम मूल्य प्रतिकिलो ९ सय र न्यूनतम ८ सय रुपैयाँ कायम छ । पुस पहिलो साता भने अकबरे खुर्सानी प्रतिकिलो थोकमा ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।