एजेन्सी, ११ फागुन । मलेसियाको बोर्नियो टापुको सबाहको पूर्वी समुद्री क्षेत्रमा गएराति ७.१ म्याग्नेच्युटको भूकम्प गएको छ ।
अमेरिकी भू–भौतिकी विज्ञहरूका अनुसार भूकम्पको केन्द्र सबाहको राजधानी कोटा किनाबालुबाट उत्तरपूर्वतर्फ झन्डै एक सय किलोमिटर टाढा र ६१९.८ किलोमिटर गहिराइमा रहेको छ । भूकम्प राति १२ बजेर ५७ मिनेटमा गएको र अमेरिकाको भूकम्प अध्ययन केन्द्रले यसबाट ठूलो क्षति नभएको जनाएको छ ।
अमेरिकाको सुनामी चेतावनी केन्द्रले पनि गहिराइको कारणले सुनामीको जोखिम नहुने जनाएको छ । मलेसियाको मौसम विज्ञान विभागले भूकम्पको तीव्रता ६.८ मापन गर्दै यसलाई नजिकबाट निगरानी गरिने जनाएको छ । सबाहको पश्चिमी तट र सरावाक राज्यका केही क्षेत्रमा पनि कम्पन महसुस भएको समाचारसंस्था एएफपीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्