काठमाडौँ, १२ फागुन । पछिल्लो तीन महिनामा ६१४ जनाले नेपाली नागरिकता त्यागेका छन् ।
गृह मन्त्रालयले हालै प्रकाशन गरेको दोस्रो प्रगतिविवरण अनुसार ६१४ जनाले नागरिकता त्याग गरेका छन् । यस अवधिमा ५६ हजार १३४ जनाले आफ्नो नागरिकतामा रहेको डाटा सुधार वा विवरण संशोधन गरेका छन् ।
गृह मन्त्रालयका अनुसार विदेशमा स्थायी रुपमा नै बसोबास गर्नेगरी विदेश गएका र विदेशको नागरिकता लिन नेपालको नागरिकता त्याग गर्नेहरू छन् । वैदेशिक रोजगारी, उच्च शिक्षा र विकसित मुलुकमा स्थायी बसोबास गर्ने उद्देश्यले नेपाली नागरिकता त्याग्नेहरू छन् ।










प्रतिक्रिया दिनुहोस्