काठमाडौँ, १३ फागुन । चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आरुघाट आधारभूत अस्पतालका अन्सुअर मंगलबार दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्यु भएको हो ।
साथै चट्याङ लागेर घाइते भएका सोही ठाउँ निवासी १३ वर्षीया दीक्षा घर्तिमगर र भीमसेन थापा गाउँपालिका–६ का २४ वर्षीय वीरेन्द्र थापामगर घाइते भएका छन् । उनीहरूको अवस्था भने सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
उनीहरू तीनै जनालाई त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानी खुर्सानीटार धादिङमा चट्याङले लागेको थियो । घाइते भएका तीनै जनालाई अस्पताल पुर्याउँदा दिलिशाको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्