अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १४ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १५ हजार ४ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ५ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।