काठमाडौँ, १४ फागुन । रास्वपा कास्कीका नेता राजु राईले पार्टी छाडेको घोषणा गरेका छन् ।
टिकट वितरणमा सुरुदेखि नै असन्तुष्ट रहेका उनले बिहीबार सामाजिक सञ्जाल मार्फत पार्टी छाडेको घोषणा गरेका हुन् ।
उनले भनेका छन्, ‘राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ । आजदेखि राजनीति र पार्टीको लागि १ कौडी पैसो र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन,’ ‘अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।’ ‘नेता चिन्नु पर्ने र टिकट किन्नु पर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा रिन लगाउनु हो,’ ‘पार्टी हाइज्याक भयो । टिकट बेच्ने हो भने यो पार्टी किन चाहियो ? नेता वरपर घुमेर टिकट अरू पार्टीबाट पनि पाइन्छ नि । सुरुवातमा मात्रै पार्टी हुने रहेछ, त्यसपछि परिपाटीमा चल्ने रहेछ । नेता चिन्नुपर्दैन भनेर लागेको हो । त्यो अवस्था अब बाँकी रहेन ।’
उनी २०७९ को चुनावमा कास्की १ बाट रास्वपा उम्मेदवार थिए । त्यतिबेला राजुले १० हजार ९ सय ४१ मत पाएका थिए । तत्कालीन समयमा रास्वपाले सोही क्षेत्रबाट समानुपातिक तर्फ १५ हजार ८ सय ६४ मत ल्याएको थियो ।










प्रतिक्रिया दिनुहोस्