काठमाडौँ, १४ फागुन । फिल्म ‘परालको आगो’को फस्टलुक्स आज सार्वजनिक गरिएको छ ।
आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने उक्त फिल्मका मुख्य तीन पात्र सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतलाई समेटिएको छ ।
लक्ष्मण सुनारको निर्देशन रहेको फिल्ममा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक सङ्घर्षलाई फिल्मले उठान गरेको छ । फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी,ज्याक श्रेष्ठ,सरिता भण्डारी,रेणु न्यौपाने,बाल कलाकार मन्जिला बानियाँ लगायतको अभिनय छ ।










प्रतिक्रिया दिनुहोस्