राजनीति

यो देशमा अब सरकारको गोलीबाट कुनै निहत्थाको ज्यान जानु हुदैन : गगन थापा



काठमाडौँ, १४ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले यो देशमा अब सरकारको गोलीबाट कुनै निहत्थाको ज्यान जान नहुने बताएका छन् । 

आज सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) दुवै अतिवादी सोच भएको बताए । 

उनले भने, “यो देशमा अब सरकारको गोलीबाट कुनै निहत्थाको ज्यान जानु हुदैन । यो देशमा अब कुनै मुकुण्डोधारीले नकाब लगाएर सिंहदरबार जलाउन पनि पाउनुहुन्न । यो अवस्था निर्माण गर्नुपर्नेछ । त्यसको लागि हामीले भाद्र २३ र २४ को घटनालाई हेर्नुपर्छ । एउटा प्रवृत्ति छ त्यसले के भन्छ भने, भद्रौ २३ र २४ को घटनालाई उसले इन्कार गर्छ र भन्छ २३ गते अगाडि र २३ गते देश ठीकठाक थियो । सबले दूधभात खाएका थिए । केही पनि बिग्रेको थिएन । अर्को प्रवृत्ति छ, जसले बोल्दैन र भन्दैन । तर, २३ र २४ गते बलेको आगोमा पेट्रोल थपेर आफ्नो राजनीतिको स्वार्थको रोटी मात्र सेक्छ । केवल उसले आफ्नो फाइदा मात्र हेर्छ । यो दुइटै अतिवादी सोच हो । यस्तै सोचले भोलि फेरि अर्को दुर्घटना गराउँछ । कांग्रेस यो दुवै सोचसँग सहमत छैन ।”