राजनीति

देशभर नेकपाको पक्षमा जनलहर छ: पूर्वप्रधानमन्त्री खनाल



काठमाडौँ, १५ फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले हाल देशभर नेकपाप्रति पार्टीको पक्षमा जनलहर बढेको बताएका छन् ।

पार्टीको काठमाडौँ निर्वाचन क्षेत्र नं. ८ परिचालन कमिटीद्वारा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको विकास र जनताको समृद्धिको चाहना पूरा गर्ने प्रस्ट दृष्टिकोण नेकपासँग भएकाले उनीहरूको आकर्षण र विश्वास पार्टीप्रति देखिएको बताए ।

देशमा नेतृत्व राम्रो ढङ्गले विकास हुन नसक्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको प्रभाव बढ्दै गएको बताउँदै पूर्वप्रधानमन्त्री खनालले मुलुकलाई देशी–विदेशीहरूको क्रिडास्थल बन्नबाट रोक्न सक्ने सामर्थ्य नेकपासँग रहेको उल्लेख गरे ।