झापा, १५ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको सम्मुखमा दमकमा ५२ जना युवा एमाले प्रवेश गरेका छन् ।
निर्वाचनको इपीसेन्टरको रुपमा रहेको झापा निर्वाचन क्षेत्र नं. ५ मा विभिन्न पार्टी परित्याग गरी ५२ जना युवाहरु एमाले प्रवेश गरेको नेकपा (एमाले)का अध्यक्ष तथा उक्त क्षेत्रका एमाले उम्मेद्वार केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ ।
विहिबार उनीहरुलाई अध्यक्ष ओलीले टीका तथा खादा लगाएर एमालेमा स्वागत गर्नुभएको थियो ।
स्वागत गर्दै अध्यक्ष ओलीले देश बचाउने र बनाउने जिम्मेवारी युवाको काँधमा रहेकाले युवाले आफ्नो उर्जाशिल समय समाजको रुपान्तरण गर्दै विकास र समृद्धिको नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्