काठमाडौँ, १५ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँका नारामा फस्दा ०६४ सालको परिणति हुन सक्ने चेतावनी दिएका छन् ।
आज रुपन्देहीको बुटवलमा आयोजित पार्टीको प्रदेशस्तीय चुनावी सभामा उनले नयाँ नेपालको नाराकै भरमा माओवादी संसद्को ठूलो दल बन्दा देशको पाँच वर्ष खेर गएको टिप्पणी गरेका हुन् ।
उनले भने, “०६४ सालमा यसैगरी माओवादीले पुरानाले बिगारे, हामी बनाउँछौँ भन्यो । उसको नयाँ नेपालको नारा बिक्यो । हामीले लामालामा कुरा गर्यौँ, उसले हामी नयाँ बनाउँछौँ भन्यो,” “नयाँ नेपाल बनाउने नारा लाएर आएको माओवादीले संविधान पनि बनाउन सकेन । अन्त्यमा कांग्रेस आएर संविधान बनाउनुपर्यो । देशको पाँच वर्ष खेर गयो ।”
“अहिले त्यस्तै भएको छ । पुराना र नयाँको नारा लागेको छ । पुरानाले बिगारे, हामी बनाउँछौँ भनेको छ,” उनले भने, “सडक बनेन, बाँधेर हुन्छ कि ठिगुरा ठोकेर हुन्छ, टाइममा बनाउँछु भनेको सुनिन्छ ।, “भैरहवामा प्लेन झरेन भने कसैलाई ठिगुरा ठोकेर हुँदैन, नझर्ने कारणको खोजी गर्नुपर्छ, समस्याको निवारण गर्न सक्नुपर्छ,” “भौतिक पूर्वाधार विकासको गति बढाउन ४१ वटा कानुन संशोधन गर्नुपर्ने जरुरी छ । कसैले भन्छ– ठेकेदारलाई थुनेर भए पनि समयमा काम गराउँछु । व्यक्तिका कारण काम रोकिएका छैनन् । सिस्टममा सुधार नगरी विकासले गति लिने अवस्था छैन ।”










प्रतिक्रिया दिनुहोस्