राजनीति

सेतोपाटी अनलाइनविरुद्ध दायर रिटमा कारण देखाउ आदेश



काठमाडौँ, १५ फागुन । प्रतिनिधिसभा निर्वाचनका लागि मत सर्वेक्षण र कुनै उम्मेदवारको पक्षपोषण हुने गरी समाचार सम्प्रेषण गरेको भन्दै सेतोपाटी अनलाइनविरुद्ध दायर रिटमा कारण देखाउ आदेश जारी भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सेतोपाटी अनलाइनका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । साथै अदालतले अन्तरिम आदेशका सम्बन्धमा दुवै पक्षलाई छलफलमा बोलाउन भनेको छ ।

सेतोपाटी अनलाइनले निर्वाचन आचारसंहिता विरुद्ध समाचार प्रकाशन गरेको भन्दै काठमाडौँ विश्वविद्यालय स्कुल अफ ल मा अध्ययनरत विद्यार्थीहरू आयुष बडाल, आकाश ढकाल र अधिवक्ता आभास रेग्मीले त्यस्ता समाचार प्रकाशन गर्न रोक लगाउन परमादेशको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।