राजनीति

देश हेटौँडा सिमेन्ट उद्योगजस्तै भयो, अब चल्नुपर्‍यो : बालेन शाह



काठमाडौँ, १५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मुलुक हेटौँडा सिमेन्ट उद्योग जस्तै भएको टिप्पणी गरेका छन् ।

आज चितवनमा आयोजित परिवर्तन उद्घोष सभामा बोल्दै वरिष्ठ नेता शाहले भने,  “हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । उद्योग, स्रोत-साधन पनि छ । तर, बन्द छ,” “त्यो चल्नुपर्‍यो ।”

चितवनले देशलाई पर्यटन प्रवर्द्धन सिकाएर विश्वलाई सिकाउनुपर्ने उनले बताए । “चितवनले देशलाई टुरिजम प्रमोसन सिकाउने चितवन बन्नपर्छ । विश्वलाई सिकाउने होइन त ?,” बालेनले भने ।


उनले एउटा जिल्लामा भएको समस्याको अर्को जिल्लामा समाधान भेटिएको उनले बताए । “म देशमा ४५, ५० जिल्लामा घुमियो । देशभरिका समस्याहरू उस्ता–उस्तै रहेछन् । कृषि लगायतका थुप्रै समस्या छन्,” बालेनले भने, “तर, सम्भावना पनि रहेछ । एउटा जिल्लामा भएको समस्या अर्को जिल्लामा समाधान हुने रहेछ ।”

उनले चितवन कोल्डस्टोरको हब बन्न सक्ने बताए । “कोल्डस्टोरको हब बन्न चाहन्छ चितवन,” बालेनले भने, “बर्खामा बिजुली बत्ती बढी हुन्छ । तर, हिउँदमा आफैँलाई बत्ती पुग्दैन । यो समस्या समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी ।”