काठमाडौँ, १६ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गरिबी १० प्रतिशतमा झार्ने सकिने र सामाजिक तथा आर्थिक रूपान्तरणका लागि १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी, ललितपुर क्षेत्र नं. १ द्वारा शुक्रबार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले पार्टीले आगामी पाँच वर्षभित्र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने गरी योजना निर्माण गरेको बताए । राजनीतिक व्यवस्था बदलिए पनि जनताको जीवनस्तर नबदलिएको स्विकार्दै उनले नेपाली विशेषताको समाजवाद कार्यान्वयन गरी प्रतिवर्ष एक लाख ५० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जानकारी दिए ।
राष्ट्रिय स्वाधीनता र जनताको आत्मसम्मान पार्टीको मुख्य उद्देश्य रहेको बताएका छन् । उनले मुलुकमा विद्यमान सङ्कट समाधान गरी देश विकास र जनतालाई समृद्ध बनाउने सङ्कल्प पार्टीले लिएको बताए ।










प्रतिक्रिया दिनुहोस्