राजनीति

काभ्रेमा २४८१ अस्थायी मतदाता



काठमाडौँ, १७ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनको लागि काभ्रेपलाञ्चोक जिल्लाबाट कायम हुने अस्थायी मतदाताको सूची टुंगो लगाएको छ ।

जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीका अंसार अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२ अनुसार जिल्लामा संकलन गरिएको २४८१ जना अस्थायी मतदाता कायम भएको छ ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम स्थायी मतदाता नामावलीमा समावेश हुनेछन । साथै ज्येष्ठ नागरिक आश्रम लगायतका स्थानमा रहेका नागरिकहरु पनि अस्थायी मतदातामा समावेश हुनेछन् ।