काठमाडौँ, १७ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश पहिले भन्ने भावना आवश्यक रहेको बताएका छन् ।
आज भिडियो सन्देश जारी गर्दै उनले अब बनाउने बाटो रोज्ने कि भत्काउने भन्ने स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन् ।
उनले भनेका छन्, “आज तपाईंले एउटा बाटो रोज्नुपर्ने भएको छ, बनाउने कि भत्काउने बाटो । निर्माणको कि ध्वंसको बाटो,” ।
उनले आफूविरुद्ध विभिन्न भ्रम फैलाइएको पनि बताएका छन् । आफ्ना पनि केही कमजोरी हुन सक्ने उनले स्वीकार गरेका छन् ।
उनले देशको अखण्डता, राष्ट्रिय हितका पक्षमा आफू सधैँ उभिँदै आएको र उभिने उल्लेख गरेका छन् । “अब स्पष्ट कित्ताकाँट गर्ने बेला आएको छ । तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे होस् भन्ने पक्षमा ? यति बेला आफू कुन कित्तामा भनेर स्पस्ट पार्नु भएन र बोल्नु भएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नुहुने छैन,” ओलीले भनेका छन् ।










प्रतिक्रिया दिनुहोस्