एजेन्सी, १८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनविरुद्ध कडा सैन्य कारबाहीको चेतावनी दिँदै अमेरिकी सैनिकहरूको मृत्युको बदला लिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक भिडियो सन्देश जारी गर्दै ट्रम्पले इरानमाथि अहिलेसम्मकै कठोर प्रहार गर्ने बताएका हुन् ।
आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकाले हाल एक विशाल सैन्य अभियान सुरु गरिरहेको जानकारी दिए । उनले यो अभियान केवल वर्तमान सुरक्षाका लागि मात्र नभई भावी पुस्ताको सुनिश्चितताका लागि भएको दाबी गरे। ‘हामी यो ठूलो अभियान सञ्चालन गर्दैछौं, जुन हाम्रो समय र स्थानको सुरक्षाका लागि मात्र होइन, हाम्रा छोराछोरी र उनीहरूका सन्तानका लागि पनि हो,’ ट्रम्पले भने ।
उनले यस कदमलाई स्वतन्त्र नागरिकको कर्तव्यको रूपमा व्याख्या गरेका छन्। इरानलाई कट्टरपन्थी र रक्तपिपासु आतंकवादी शासनको संज्ञा दिँदै ट्रम्पले आणविक हतियारयुक्त इरानबाट अमेरिकी जनतालाई जोगाउन यस्तो कारबाही अनिवार्य भएको तर्क गरे ।










प्रतिक्रिया दिनुहोस्