काठमाडौँ, १८ फागुन । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने २७ वटा उडान रद्द भएका छन् ।
मध्यपूर्व क्षेत्रमा देखिएको तनावका कारण नेपालबाट ती क्षेत्रमा जाने उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।
आइतबार कुल ७१ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । यो प्रस्थान र आगमन सहितको संख्या हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको हमाद, संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई र शारजाह, साउदी अरेबियाको किङ खालिद र किङ फहद, कुवेतको कुवेत विमानस्थल तथा ओमानको मस्कट विमानस्थलमा उडान हुँदै आएका थिए ।










प्रतिक्रिया दिनुहोस्