समाचार

मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु



काठमाडौँ, १८ फागुन । वीरगन्ज–२४ रमगढवास्थित एक उद्योगमा कार्यरत मजदुरको मृत्यु भएको छ ।

पर्सा प्रहरीका अनुसार आइतबार साँझ करिब साढे ६ बजेको समयमा एसपीएम प्रिन्टर उद्योगमा कार्यरत पर्सागढी नगरपालिका–४ का ३६ वर्षीय वीरेन्द्र पण्डितको उद्योगको मेसिनमा च्यापिएर मृत्यु भएको हो । 

उद्योगका अन्य मजदुरले काम ठप्प पारी पीडित परिवारलाई क्षतिपूर्ती तथा घटनाको छानबिन माग गर्दै प्रदर्शन गरिरहेका छन् ।