काठमाडौँ, १९ फागुन । यति एयरलाइन्सले फागुन २१ गते उडान नभर्ने भएको छ ।
निर्वाचनका कारण आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जनाएको हो ।
एयरलाइन्सले सार्वजनिक गरेको सूचनाअनुसार निर्वाचनका दिन सम्पूर्ण आन्तरिक उडान सेवा बन्द रहनेछ । यसबारे यात्रु तथा सरोकारवालालाई अग्रिम जानकारी गराइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार फागुन २२ गतेदेखि नियमित उडान सेवा सञ्चालनमा आउनेछ ।










प्रतिक्रिया दिनुहोस्