राजनीति

रवि लामिछानेको फेसबुक पेज ह्याक गर्ने प्रयास



काठमाडौँ, १९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेजमा अनधिकृत पहुँच (ह्याक) को प्रयास भएको छ ।

बाह्य व्यक्तिहरूले पेज ह्याक गर्ने प्रयास गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मेटा (फेसबुक)ले उक्त पेजलाई हालका लागि लक गरिदिएको छ ।

रास्वपा सचिवालयले मंगलबार एक सूचना जारी गर्दै सभापति लामिछानेको पेजमा आज बिहानैदेखि पटक–पटक अनधिकृत पहुँच बनाउने प्रयास भइरहेको जानकारी गराएको हो ।

सचिवालयका अनुसार पेज पूर्ण रूपमा सुरक्षित नभएसम्म र नियन्त्रणमा फिर्ता नआएसम्म यसबाट कुनै पनि नयाँ सामग्री पोस्ट हुने छैनन् । फेसबुकको सुरक्षा प्रक्रिया पूरा गरेर पेजलाई पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको सचिवालयले जनाएको छ।