राजनीति

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज



काठमाडौँ, १९ फागुन । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ ।

आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको हो ।

कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका रहेको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको छ ।