काठमाडौँ, २० फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा स्वास्थ्य सेवा व्यवस्थापनका लागि सम्पर्क व्यक्तिहरू तोकेको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै निर्वाचनका लागि दिइएको सार्वजनिक बिदाको अवधिमा हुनसक्ने सम्भावित घटनाहरूको प्रतिकार्य र स्वास्थ्य सेवा समन्वयका लागि स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रका कर्मचारीहरूलाई सम्पर्कमा रहने व्यवस्था मिलाएको जानकारी दिएको हो।











प्रतिक्रिया दिनुहोस्