काठमाडौँ, २१ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उत्तेजना, घृणा, प्रतिशोध र निषेधको राजनीतिले सुशासनको गन्तव्यमा नपुर्याउने बताएका छन् ।
काठमाडौं–४ अन्तर्गतको मैतीदेवी मन्दरि मतदान केन्द्रमा बिहीबार मतदानपछि सभापति थापाले भ्रष्टाचार अन्त्यका लागि सुशासनप्रति प्रतिबद्ध दृष्टिकोण आवश्यक भएको बताए । निर्वाचन आयोजनाका लागि उनले निर्वाचन आयोग र सरकारलाई आभार व्यक्त गरे ।
उनले भने, ‘सुशासन आजको सबैभन्दा ठूलो मुद्दा हो । तर उत्तेजना, घृणा, प्रतिशोध र निशेषधको राजनीतिले सुशासनको गन्तव्यमा पुरयाउँदैन । सुझबुझ सहितको सुधारको आवश्यकता छ ।’










प्रतिक्रिया दिनुहोस्