काठमाडौँ, २२ फागुन । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्पन्न प्रतिनिधिसभा निर्वाचनले मुलुक र संविधानको रक्षा गर्ने सुनिश्चितता गरेको बताएका छन् ।
निर्वाचन सम्पन्न नभएको भए देशको राजनीतिक भविष्य, संविधान र मानवता नै गम्भीर जोखिममा पर्न सक्ने उल्लेख गर्दै उनले यो निर्वाचनलाई ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गरेका हुन् ।
सरकारले सबैको अपेक्षाअनुसार विगतका निर्वाचनभन्दा बढी सुदृढ र व्यवस्थित ढंगले मतदान सम्पन्न गरेको मन्त्री अर्यालको दाबी छ । वर्तमान सरकार गठन भएदेखि नै मुलुकमा राजनीतिक हिंसा अन्त्य भएको र निर्वाचनका क्रममा समेत रगतको एक थोपा पनि नखसेको उनले बताए । शान्तिपूर्ण वातावरणमा जनमत व्यक्त हुनुले नेपाली लोकतन्त्र थप परिपक्व भएको उनको विश्लेषण छ ।
गृहमन्त्री अर्यालले अब बन्ने सरकारहरूले भत्काउन नसक्ने गरी सुशासनका बलिया मानकहरू स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। नागरिकले सुशासनको प्रत्यक्ष अनुभूति गर्न पाउने गरी राज्यका संयन्त्रहरूलाई प्रभावकारी बनाउनु पर्ने र आगामी नेतृत्वले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्