राजनीति

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश



काठमाडौँ, २२ फागुन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ ।

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको ।

प्रसाईंलाई चुनावअघि प्रहरीले नियन्त्रणमा लिएको थियो । सर्वोच्चले उनलाई पटकपटक पक्राउ गरिएको घटना गैरकानुनी बताएको छ ।

सर्वोच्चले भनेको छ, ‘निवेदकलाई अदालतबाट पटक-पटक थुनामुक्त गर्ने गरी बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएपनि पुनः सोही सार्वजनिक शान्ति विरूद्धको कसूरमा पक्राउ गरिएको कार्य निवेदकलाई थुनामै राख्ने उद्देश्यले अभिप्रेरित रहेको अर्थात प्रवृत्त भावनाको समरूप देखिएको आधारमा चुनालाई गैरकानूनी नै मान्नु पर्ने अवस्था रहेको र निर्वाचन बिथोल्ने आशंका गरी पक्राउ गरिएकोमा सो कार्य पनि सम्पन्न भइसकेकोले निवेदकबाट आसन्न खतराको अवस्था पनि रहेको देखिएन,’ ।