काठमाडौँ, २३ फागुन । प्रतिनिधि सभामा २६ सिटको नतिजा प्राप्त हुँदा नेपाली कांग्रेसले ५ क्षेत्रमा जित हात पारेको छ ।
कांग्रेसका तर्फबाट दैलेख–१ मा बासना थापाले १२ हजार ३ सय ७२ मत ल्याएर जित हात पारिन् । मनाङ–१ मा टेकबहादुर गुरुङले २ हजार ४ सय १५ मत ल्याएर जित हात पारेका छन् ।
मुस्ताङमा योगेश थकालीले ३ हजार ३ सय ७ मत ल्याउँदै जित हात पारेका छन् । त्यस्तै रसुवामा मोहन आचार्यले १० हजार ६ सय ५६ मत ल्याउँदै जित हात पारेका छन् । त्यस्तै तेह्थुममा सन्तोष सुब्वाले जित हात पारेका छन् । सुब्वाले ११ हजार ५ सय ६१ मत ल्याउँदै जित हात पारेका छन् ।
रास्वापाले १८ सिटमा जित हात पार्दा नेकपा (एमाले)ले भने एक स्थानमा मात्र जित हात पारेको छ । नेकपाले २ स्थानमा जित हात पारेको छ ।










प्रतिक्रिया दिनुहोस्